post-slider post-slider

जिम्बाबेका पूर्वकप्तान स्ट्रिकको निधन, अफवाहमात्रै

Image
A A

काठमाडौं- जिम्बाबेका पूर्वकप्तान हीथ स्ट्रिकको निधन भएको खबर अफवाह उडेको छ।

जिम्बाबेका खेलाडी हेनरी ओलंगाले स्ट्रिकको निधन भएको सामाजिक सञ्जालमा लेखेका थिए।

पछिल्लो समय उनले स्ट्रिक जीवित रहेको र उनको निधनबारे अफवाह उडाइएको बताएका छन्।

ओलंगाले भनेका छन्,‘हीथ स्ट्रिकको निधनलाई लिएर हल्ला चलाइयो। मैले उहाँसँग कुरा गरेको छु, उहाँ जीवित हुनुहुन्छ।’

यसअघि रोयटर्सलाई साभार गरेर ओलंगाले स्ट्रिकको निधन भएको भन्दै ट्विट गरेका थिए।

स्ट्रिक लामो समयदेखि क्यान्सरबाट पीडित छन्। उनले जिम्बाबेका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ६५ टेस्ट र १८९ एकदिवसीय म्याच खेलेका छन्।

स्ट्रिक कोलन र लिवर क्यान्सरबाट पीडित छन्। उनको उपचार साउथ अफ्रिकामा चलिरहेको छ।

कतिपय भारतीय खेलाडीले पनि स्ट्रिकको निधन भएको भन्दै सामाजिक सञ्जालमा समवेदना व्यक्त गरेका थिए।

 

Tags: