post-slider post-slider

सेमिफाइनलमा भारतको विस्फोटक ब्याटिङ, विराटको ५० औं सतक पूरा

Image
A A

काठमाडौं- विराट कोहलीको कीर्तिमानी ५० औं एकदिवसीय सतकको मद्तमा भारतले विश्वकप २०२३ को सेमिफाइनलमा न्युजिल्यान्डसामु जितका लागि ३९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतका लागि विराटले ११७, श्रेयस अय्यरले १०५, शुभमन गिलले ८०, कप्तान रोहित शर्माले ४७ र केएल राहुलले ३९ रन बनाए।

मुम्बईको वानखेडे स्टेडियममा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय ग¥यो। कप्तान रोहित र गिलको ओपनिङ जोडीले भारतलाई बलियो सुरूवात दिलायो।

यी दुई ब्याटरले केवल ५.२ ओभरमा ७१ रनको साझेदारी गरे। 

९ औं ओभरमा रोहित टिम साउदीको बलमा आउट भए। उनले २९ बलमा ४७ रन बनाए।

रोहितले आफ्नो इनिङमा चार चौका र चार छक्का प्रहार गरे।

त्यसपछि गिल र विराटले ८५ बलमा ९३ रनको साझेदारी गरे। यो क्रममा गिलले ४१ बलमा अर्धशतक पूरा गरे।

गिल २३ औं ओभरमा रिटायर्ड हर्ट भए। पैवेलियन फर्किनुअघि उनले ६५ बलमा ७९ रन बनाएका थिए। गिलले ८ चौका र ३ छक्का प्रहार गरे।

विराटले श्रेयससँग १२८ बलमा १६३ रनको साझेदारी गरे। उनले १०६ बलमा सतक पूरा गरे। र, सचिन तेन्दुलकरको ४९ एकदिवसीय सतकको कीर्तिमान तोडे।

५० औं एकदिवसीय सतक बनाएका कोहलीले श्रेयससँग साझेदारी गरेर भारतको स्कोर ३ सय बढी पु¥याए।

विराट ११७ रन बनाएर साउदीको बलमा आउट आउट भए। तर, यसका बाबजुद रनको गतिमा न्युजिल्यान्डले ब्रेक लगाउन सकेन।

श्रेयसले ६७ बलमा सतक पूरा गरे। उनी १०५ रन बनाएर ट्रेन्ट बोल्टको शिकार भए।

सूर्यकुमार यादव केवल एक रन बनाएर आउट हुँदा केएल राहुलले तीब्र गतिमा खेलेर भारतको स्कोरलाई ३९७ सम्म पु¥याए।

राहुलले २० बलमा ३९ रन बनाए।

 

Tags: