post-slider post-slider

प्रचण्ड सरकार बिदा गर्ने सहमतिले नेप्सेमा उत्साह

Image
A A

काठमाडौं- नेप्से परिसूचक ४७.०४ अंक बढेको छ। मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो।

नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार गठन हुने सहमति बनेसँगै नेप्सेमा उत्साह छाएको हो। प्रचण्ड सरकार विघटन हुने माहौल बनिरहँदा नेप्से रमाएको हो।

मंगलबार कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो। त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो। 

११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो। त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार ओरालो लागेको थियो।  

मंगलबार हिमालयन डिष्टिलरीको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको ६.९६ प्रतिशतले बढेको छ।

उपकार लघु वित्तको सर्वाधिक ५.७४ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोको सेयर ५.५१ प्रतिशतले घटेको छ।

त्यस्तै, सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको १२ करोड ३३ लाख बराबरीको कारोबार भएको छ भने गुडविल फाइनान्सको ११ करोड १० लाख रकम कारोबार भएको छ।

कांग्रेस-एमालेले नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै सेयर बजारमा हरियाली आएको बताइएको छ। 

Tags: