post-slider post-slider

पर्वतमा खोलाले जीप बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला, दुई जनाको खोजी जारी

Image
A A

काठमाडौं- पर्वतको मादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का ३४ वर्षका गोपालप्रसाद बस्यालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

बेपत्ता भएकामध्ये एक जना पोखरा नाउडाँडाका विजय भनिने माधव पौडेल रहेका र अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर एवम् सूचना अधिकारी केशव केसीले जानकारी दिए। उनीहरूको खोजी भैरहेको छ।

कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा हिजो बेलुका एक्कासी आएको बाढीले ग १ ज ६२१३ नम्बरको जीप बगाएको थियो। बगाएको जीपका केही पार्टपुर्जा कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा फेला परेका छन्।

जीप बाग्लुङबाट पोखराका लागि छुटेको थियो। जीपमा चालकसहित चार जना थिए। खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीपका चालक वसन्त थापा झरेका कारण ज्यान जोगिएको छ।

Tags: