post-slider post-slider

मलेसियालाई पराजित गर्दै नेपाल टि–२० कप छनोटको सेमिफाइनलमा

Image
A A

काठमाडौं- मलेसियाविरूद्ध जित निकाल्दै नेपाल आइसिसी टि–२० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनमा प्रवेश गरेको हो।

मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो। टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्याएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो।

नेपालको जितमा कुशल मल्लले ६५ रनको योगदान दिए। ३४ बलको सामना गरेका उनले दुई चौका र सात छक्का प्रहार गरे।

कुशलले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ६७ रनको साझेदारी गरेका थिए।

ओपनिङ गर्न आएका भुर्तेलले ४३ रन बनाएर आउट भए। उनले पहिलो विकेटका लागि आसिफ शेखसँग ४९ रनको साझेदारी गरे। 

आसिफ ३२ रन बनाएर आउट भए। सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे।

मलेसियाका लागि मुहम्मद अमिरले तीन विकेट लिए। त्यस्तै पवनदीप सिंहले एक विकेट लिए।

टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको थियो।

मलेसियाका लागि ओपनर अजिजले ४९ बलमा ६८ रन बनाए। उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै जुल्किफ्लीले २४ रन जोड्दा सर्विन मुनियन्दीले १३ र विजय उन्नीले १२ रनको योगदान दिए।

नेपालका लागि अभिनाश बोहराले चार, सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १–१ विकेट लिए।

मलेसियाविरूद्धको जितसँगै दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

 

Tags: