post-slider post-slider

बरहथवा घटना : छानबिन गर्न तीन सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

Image
A A

काठमाडौं- सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको घटना छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ।

सरकारले गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

समितिमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी रहेको गृह मन्त्रालयले जनाएको छ।

नगर अस्पतालको स्तरोन्नतिसम्बन्धी विषयलाई लिएर शुक्रबार दिउँसो भएको झडपमा प्रहरीको गोली लागेर बरहथवा–६ बस्ने ३० वर्षीय जयशंकर साहको ज्यान गएको थियो।

टाउकोमा गोली लागेको साहको घटनास्थलमै मृत्यु भएको थियो।

प्रदर्शनस्थलबाट करिब तीन सय मिटरको दूरीमा रहेका उनको गोली लागेर मृत्यु भएपछि बरहथवा शनिबार पनि दिनभर तनावग्रस्त बनेको थियो।

सरकारले मृतक साहका परिवारलाई १० लाख रूपैयाँ राहत प्रदान गर्ने निर्णय पनि गरेको छ।

 

Tags: