post-slider post-slider

तीन नेताको लिखत : 'गठबन्धनप्रति दृढ र स्पष्ट छौं'

Image
A A

काठमाडौं- सत्ता गठबन्धनको निर्णयविपरित कोसी प्रदेसमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला गठबन्धनप्रति प्रतिवद्ध रहेको सहमति गरेका छन्।

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर दउवासँग भएको छलफलमा कोइरालाले यस्तो सहमति जनाएका हुन्।

कोसीमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा तीनहरूबीच छलफल भएको थियो।

छलफलपछि गठबन्धनलाई मजबुत बनाउनबारे तीन नेताबीच लिखित सहमति भएको हो।

सहमतिमा सबै जना सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ।

‘आज मिति २०८० आश्विन २७ गतेका दिन सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति सम्मानीय शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता माननीय शेखर कोइरालाबीच निम्न लिखित सहमति भएको छ। हामी वर्तमान सत्ता गठबन्धनका प्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धन कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ सहमतिपत्रमा उल्लेख छ।

                                                                                                      तीन नेताबीच भएको लिखित सहमति

सहमतिपत्रमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता कोइरालाले हस्ताक्षर गरेका छन्।

कोसी प्रदेसमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धनले निर्णय गरेको थियो। गठबन्धनका निर्णयविपरित नेता कोइरालाले कांग्रेस सांसद केदार कार्कीलाई अघि सारेका थिए।

कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा शनिबार कोसी प्रदेसको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच छलफल भएको हो।

 

Tags: