post-slider post-slider

ओलीको प्रश्न- भ्रष्टाचारको फाइल खोल्न सरकारलाई केले रोकेको छ?

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारको फाइल खोल्न केले रोकेको छ भन्दै प्रश्न गरेका छन्। उनले भ्रष्टाचारको फाइल खोलिन्छ भनेर सरकारले ठूलो गफमात्र गरिरहेको आरोप लगाए।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आफूनिकट पत्रकारलाई सोध्न लगाएर सरकारले कसलाई देखाउन खोजेको भन्दै प्रश्न गरे।

'खोल्नुहोस् न फाइल। खुलेको फाइलको तपार्ईँहरुको यो छ हालत,' उनले भने, “ललितानिवासको फाइल खोलिन्छ, त्यो फाइल बन्द गर्न कति गाह्रो भयो है ? कसरी ढाकछोप गर्ने, कसरी जोगाउने ? पसिना आएको त्यतिबेला। रुमालले पुगेन, गम्छा लिएर पसिना पुछ्नु परेको थियो।'

उनले सुन काण्डमा छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउने भनिए पनि आफ्नो मान्छे राख्नलाई चार सदस्यीय आयोग बनाइएको भन्दै आलोचना गरे। 'यो सबै प्रतिपक्षलाई तर्साएको हो। मेरो नाममा बारीबारीमा बुख्याँचा राख्नुभएको छ। तपाईँको बुख्याचाले काम गर्दैन। गुच्चा खेलेर आएको हैन, जेल नेल भोगेर जनताको पक्षमा काम गरेर आएको हो,' उनले भने।

Tags: