post-slider post-slider

अमेरिकाले लडाकु जेटको इन्जिन भारतमा बनाउने

Image
A A

काठमाडौं- अमेरिकाले लडाकु जेटको इन्जिन भारत मै बनाउने भएको छ। 

अमेरिका र भारतबीचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो।
  
अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको हो। जसअनुसार सैन्य क्षेत्रमा दुई देश बीचमा ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षरसमेत भइसकेको छ। 

मोदी र अमेरिकी राष्ट्रपति जो वाइडेन बीचको भेटवार्तापछि दुवै देशका कम्पनीका बीचमा सम्झौतासमेत भएको हो। 

मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए। तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन्।

Tags: