post-slider post-slider

सिरहाबाट मिटरब्याजी सुजाता पक्राउ

Image
A A

जनकपुरधाम- सिरहाबाट एक जना मिटरब्याज कारोबारी पक्राउ परेकी छन्।

मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया मिटरब्याजी कारोबारी सुजाता साहलाई प्रहरीले पक्राउ गरेको हो।

सुजातालाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिएका छन्।

उनका अनुसार ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट अनुमति लिएर सुजातालाई पक्राउ गरिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुजाताविरूद्ध प्रहरी र जिल्ला प्रशासन कार्यालयमा दर्जनौं उजुरी परेको बताइएको छ। 

मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि मिटरब्याजसम्बन्धी कारोबार गर्दै आइरहेकी थिइन्।

Tags: