post-slider post-slider

संसद पाँच वर्ष चल्छ : निधि

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान संसद पाँच वर्ष चल्नेमा ढुक्क रहन आग्रह गरेका छन्।

कांग्रेस धनुषा क्षेत्र नम्बर ३(क) ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता निधिले संसद पाँच वर्ष चले पनि गठबन्धन दलबीच भएको समझदारीअनुसार सरकारको नेतृत्व भने परिवर्तन हुने बताए।

उनले भने,‘संसद पाँच वर्ष चल्ने निश्चित छ। तर, गठबन्धनमा भएको समझदारीअनुसार पहिलो कार्यकालका लागि प्रचण्ड, दोस्रो कार्यकालमा माधवकुमार नेपाल र तेस्रो तथा अन्तिममा शेरबहादुर देउवाजीले सरकारको नेतृत्व गर्नु हुनेछ।’

निधिले कांग्रेसको एकल बहुमत नहुँदा काम गर्न कठिनाइ भए पनि पाँच वर्षसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे।

संघीयताको सफल कार्यान्वयनका लागि प्रदेस सरकार र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुको विकल्प नरहेको उनले दोहो¥याए।

निधिले प्रदेस सरकारसँग आफ्नै प्रहरी संगठन र कर्मचारी हुनुपर्ने बताए। उनले भने,‘संविधानले व्यवस्था गरेको छ। तर, कार्यान्वयनमा आएको छैन। प्रदेसको आफ्नै प्रहरी संगठन र कर्मचारी हुनुपर्छ। यसका लागि सबैले पहल गरौं।’

कांग्रेसको एकल बहुमतका लागि आन्तिम समयमा नभएर अहिलेदेखि नै आगामी चुनावको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरे।

‘अन्तिम समयमा तातेर केही हुँदैन। चुनावका लागि अहिलेदेखि तयारीमा जुट्न जरुरी छ,’ उनले भने, ‘एकआपसमा भएका इष्र्या द्वेश, रिसराग सबै बिर्सेर एकजुट भएर अगाडि बढौं मेरो आग्रह छ।’

नेपाल–भारत सीमावर्तीनजिक रहेका पुलहरु शिलान्यास भए पनि सीमा विवादका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको बताउँदै उनले यसका लागि आफू निरन्तर प्रयासरत रहेको उल्लेख गरे।

 

Tags: