post-slider post-slider

भारतले ७५ औंं गणतन्त्र दिवस मनाउँदै, फ्रान्सका राष्ट्रपति मैक्रोंं प्रमुख अतिथि

Image
A A

काठमाडौं- छिमेकी मुलुक भारतले शुक्रबार आफ्नो ७५ औं गणतन्त्र दिवस मनाइरहेको छ।

कर्तव्य पथमा यसपालिको गणतन्त्र दिवस परेको आकर्षणका केन्द्र महिलाहरु हुनेछन्।

भारत सरकारले यस वर्ष ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नाराका साथ गणतन्त्र दिवस मनाउन लागेको हो।

७५ औं गणतन्त्र दिवसका अवसरमा फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रों प्रमुख अतिथि छन्। उनी बिहीबार नै भारत पुगिसकेका छन्।

गणतन्त्र दिवसको अवसरमा भारतीय समयअनुसार बिहान साढे १० बजेदेखि राजधानी नयाँदिल्लीस्थित विजय चोकबाट परेड सुरु हुनेछ। यसपालि परेडमा ७७ हजार मानिस सहभागी हुनेछन् जसमध्ये १३ हजार विशेष अतिथि हुनेछन्।

गणतन्त्र दिवसलाई मध्यनजर गरी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ। परेड हुने कर्तव्यपथमा मात्रै १४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिका रुपमा आएका फ्रान्सका राष्ट्रपति मैक्रों बिहीबार राजस्थान राज्यको जयपुर पुगेका छन्।

त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनका साथ एक ‘रोड सो’ गरे।

मैक्रोंलाई जयपुरको हावा महल र जन्तरमन्तर घुमाइयो र अध्योध्यास्थित राम मन्दिरको रेप्लिका उपहारस्वरुप दिइएको थियो।

यसका साथै मैक्रोंले एक चिया पसलमा मसाला चिया पनि खाएका थिए।

 

Tags: