post-slider post-slider

किष्ट अस्पताललाई ठूलो सफलता- एउटै व्यक्तिको कलेजो र मिर्गौला एकसाथ प्रत्यारोपण

Image
A A

काठमाडौं- किष्ट शिक्षण अस्पतालले नेपालमै पहिलोपटक चिकित्सा क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ।

सोमबार अस्पतालले एकै व्यक्तिको शरीरका महत्वपूर्ण अंगहरू कलेजो र मिर्गौला दुवैको एकसाथ प्रत्यारोपण गरेको हो। यो नेपालको इतिहासमै पहिलो पटक सम्भव भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गहन र जटिल यस प्रत्यारोपणका लागि किष्ट अस्पतालले मल्टी-डिसीप्लिनीरी अपरोच अन्तर्गत वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, प्रत्यारोपण चिकित्सक, एनेस्थेसियोलोजिस्ट, आईसीयू क्रिटिकल केयरविशेषज्ञ, ब्लडबैंक विशेषज्ञ, अन्तरक्रियात्मक रेडियोलोजिस्ट, विशेषज्ञ चिकित्सक सर्जनहरू र नर्सिङका दक्ष प्राविधिकसमेत १०० भन्दा बढी प्राविधिक जनशक्ति परिचालन गरेको थियो।

१८ घण्टा भन्दा बढी समय लागेको प्रत्यारोपणमा दुवै अंग ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीय महिला रहेको अस्पतालले बताएको छ। उनलाई ३५ वर्षीय श्रीमानले कलेजो ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी थिइन्।

शल्यक्रियाका लागि भारतस्थित अपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्लि र डा.सञ्जिव अनेजाको सहभागिता रहेको थियो। भने, किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्राडा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ, डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री, डा. कश्यप दाहाललगायत अन्य वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो।

यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्या प्रति १० लाख जनसंख्यामा १ जनामा हुनसक्ने र यसको उपचार समेत विश्वका केही सीमित अस्पतालमा मात्र हुने गरेको किष्टको दाबी छ।

Tags: