post-slider post-slider

आफूलाई इसरोका वैज्ञानिक बताउने एक जना पक्राउ

Image
A A

काठमाडौं- आफूलाई इन्डियन स्पेस रिसर्च अर्गेनाइजेसन (इसरो) को वैज्ञानिक बताउने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

गुजरात राज्यको सुरत सहरबाट मितुल त्रिवेदी भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

त्रिवेदीले आफू इसरोको वैज्ञानिक भएको भन्दै चन्द्रयान–३ बारे सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिइरहेका थिए।

सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले चन्द्रयान–३ को ल्यान्डर मोड्युल आफूले तयार पारेको दाबी गरेका थिए।

२३ अगस्तका दिन चन्द्रयान–३ ले चन्द्रमाको सतहमा सफल अवतरण गरेसँगै त्रिवेदी अन्तर्वार्ताका लागि सञ्चारमाध्यममा आएका थिए।

अन्तर्वार्तापछि उनीविरूद्ध प्रहरीमा उजुरी परेको थियो।

त्रिवेदीले अन्तर्वार्ताहरूमा आफूलाई इसरोका उपप्रमुखका रूपमा प्रस्तुत गरिरहेका थिए। आफू इसरोको उपप्रमुख भएको नियुक्तिपत्र पनि उनले देखाएका थिए।

तर, उनको त्यो नियुक्तिपत्र फर्जी भएको प्रहरीले जनाएको छ।

चन्द्रयान–३ सँग उनको कुनै सम्बन्ध नरहेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। 

चन्द्रयान–३ र इसरोबारे त्रिवेदीले गरेका सबै दाबीहरू फर्जी रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार इसरोसँग सम्बन्धित गलत तथ्यहरू उनले सम्प्रेषण गरिरहेका थिए।

 

Tags: