post-slider post-slider

बराबरीमा रोकिँदा सिटीलाई भन्दा चेल्सीलाई ठूलो घाटा

Image
A A

काठमाडौँ - प्रिमियर लिगमा गएराति म्यानेस्टर सिटीले घरेलु मैदानमा चेल्सीसँग १-१ को बराबरी खेलेको छ।

इतिहाद स्टेडियमा भएको खेलमा चेल्सीका रहिम स्टर्लिङले ४२ औं मिनेटमा गोर गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए। तर रोड्रीले ८३ औं मिनेटमा बराबरी गर्दै सिटीको हार टार टारेका थिए। 

बराबरीपछि सिटी दोस्रो स्थानमा पुग्नबाट वञ्चित भएको छ भने चेल्सीले तीन स्थान माथि पुग्ने अवसर गुमाएको छ। यद्यपि सिटीको उक्त खेल लिगको २४ औं हो।

पहिलो स्थानमा रहेको लिभरपुलसँग २५ खेलबाट ५७ अंक छ भने समान खेलबाट आर्सनल ५५ अंकसहित दोस्रो स्थानमा छ। सिटीले भने ५३ अंक बनाएको छ। यस्तै चेल्सीले २५ खेलबाट ३५ अंक बनाएर लिगको १० औं स्थानमा यथावत् रहेको छ। 

यसअघि भएका अन्य खेलहरूमा आर्सनलले बर्नलीलाई ५-० को फराकिलो अन्तरले हराएको छ भने लिभरपुलले पनि ब्रेनफोर्डलाई ४-१ गोलअन्तरले पाखा लगाएको छ। यस्तै एस्टन भिल्लाले पनि फुलहाममाथि संघर्षपूर्ण २-१ को जित निकालेको छ।

जितसँगै टोटनहामलाई पछि पार्दै भिल्ला लिग तालिकाको चौथो स्थानमा पनि उक्लिएको छ। २५ खेलबाट उसको ४९ अंक छ। 

Tags: