post-slider post-slider

कोसीमा गठबन्धनबाट सिटौला निर्वाचित

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन्।

बिहीबार भएको मतगणबाट सिटौला निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

सिटौलाले ५ हजार २९२ मत ल्याउँदा राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत ल्याएका छन्।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका सिटौलालाई कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो।

कोसी प्रदेसबाट गठबन्धनका साझा उम्मेदवार बनेका सिटौलाको मत क्रस भएको पाइएको छ।

प्रदेससभाका दुई सदस्यले मत क्रस गरेको पाइएको हो।

गठबन्धनमा ४७ प्रदेससभा सदस्य रहे पनि सिटौलाले ४५ मत प्राप्त गरेका छन्।

राप्रपाका उद्धव पौडेलले ४७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार परशुराम अधिकारीले १ मत प्राप्त गरेका छन्।

चुनावको दुई दिनअघि एमाले र राप्रपाले तालमेल गरेको थियो। दुवै दलबीच  एमालेले राप्रपाका पुरुष र राप्रपाले एमालेकी महिला उम्मेदवारलाई सघाउने सहमति भएको थियो।

एमालेकी महिला उम्मेदवार निर्वाचित भए पनि राप्रपाका उम्मेदवार पराजित भएका छन्।

 

Tags: