post-slider post-slider

क्यानडा-११ ले जित्यो नेपाल ए विरुद्धको सिरिज

Image
A A

काठमाडौं- क्यानडा- ११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ। तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा-११ ले सिरिज २-१ ले जितेको हो।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा-११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको थियो।

नेपाल ए का लागि आसुतोष घिरैयाले सर्बाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, वशिर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए।

क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर सिरिज खेलेको हो।

Tags: