post-slider post-slider

फ्रान्समा ३४ वर्षीय युवा प्रधानमन्त्री

Image
A A

काठमाडौं-ग्राबिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारिएका छन्।

एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनःसंरचना गर्न खोजिरहँदा उनको नाम आएको हो।

३४ वर्षीय अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन्।

यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षका हुँदा प्रधानमन्त्री नियुक्त भएका थिए।

अटल २० महिना काम गरेर राजीनामा दिएकी एलिसाबेथ बोर्नकी उत्तराधीकारी बनेका छन्। आफ्नो कार्यकालभर उनले संसदमा बहुमतको अभावमा संघर्ष गर्नुपरेको थियो।

हाल शिक्षामन्त्री रहेका अटलले धेरैलाई अचम्मित पार्दै अगाडि गएका हुन्।

अब उनीसँग जुन महिनामा हुने महत्वपूर्ण युरोपेली संसदको निर्वाचनमा फ्रान्स सरकारको नेतृत्व गर्ने दायित्व हुनेछ।

उनी प्रधानमन्त्री कार्यालय सम्हाल्न पाउने पहिलो समलिङ्गी व्यक्ति हुन्।

अटलको राजनीतिक उन्नति निकै तीव्र गतिमा भएको पाइन्छ।

१० वर्षअघि उनी देशको स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका सल्लाहकार र सोसलिस्ट कार्यकर्ता थिए।

माक्रोँको सन् २०१७ को चुनावका बेला अटल सांसद बनेका थिए। बहस गर्नमा सिपालु उनी त्यसबेला देखि नै राष्ट्रपतिको आँखामा परेका थिए।

२९ वर्षको उमेरमा उनी फ्रान्सको सरकारमा सबैभन्दा कान्छा मन्त्री बनेका थिए। त्यतिबेला उनी कनिष्ट शिक्षामन्त्री बनेका थिए।

सन् २०२० यता उनी सरकारी प्रवक्ताका रुपमा छन्। त्यसबेलादेखि नै मतदातामाझ राम्रोसँग चिनिन थाले।

सन् २०२२ मा राष्ट्रपति माक्रोँ पुनर्निर्वाचित भएपछि उनी छोटो समय बजेटमन्त्री भए। र, गत जुलाइमा शिक्षामन्त्री बने।

 

Tags: