रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा टेप लगाएर केन्द्रीय समिति बैठकमा
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।
आज बिहानदेखि सुरू भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकाल आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएका हुन्।
आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ।