post-slider post-slider

प्रहरी समायोजनको माग गर्दै प्रदेसका गृहमन्त्रीहरू प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन बुझाउँदै

Image
A A

काठमाडौं- प्रहरी समायोजनको माग गर्दै प्रदेस  सरकारका गृहमन्त्रीहरू काठमाडौंमा जम्मा भएका छन्।

संघीय सरकारले संविधानप्रदत्त अधिकार प्रत्योजन नगरेको विरोधमा उत्रिएका प्रदेस सरकारका गृहमन्त्री काठमाडौंमा जम्मा भएका हुन्।

उनीहरूले मंगलबार प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर संविधानले व्यवस्था गरेका अधिकार प्रत्यायोजन गर्न बारे ध्यानाकर्षण गराउन लागेका छन्।

मधेस प्रदेसका मुख्यमन्त्रीसहित मन्त्री तथा राजनीतिक दलहरूले केही दिनअघि पत्रकार सम्मेलन गरेर प्रहरी समायोजनको माग गर्दै संघर्षमा उत्रिने चेतावनी दिएका थिए।

३० दिनभित्र  सरकारले प्रहरी समायोजनको प्रक्रिया अगाडि नबढाए काठमाडौंको माइतीघरमा धर्ना बस्ने चेतावनी उनीहरूको छ।

मधेस प्रदेसका गृहमन्त्री मोहम्मद समीमले प्रहरी समायोजनका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन आफूहरू काठमाडौं आएको बताए।

सातै प्रदेस सरकारको सहभागितामा आफूहरू प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनको विषयमा ज्ञापनपत्र बुझाउन लागेको उनले जानकारी दिए।

मन्त्री समीमका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री र ३ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्र रहेको छ।

संघीयता कार्यान्वयन भएको ८ बर्षबितिसक्दा पनि प्रदेश प्रहरी गठन हुनसकेको छैन।

प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा चासो नदेखाएको प्रदेस सरकारहरूको गुनासो छ।

 

Tags: