post-slider post-slider

विरेन्द्र सहवाग ‘आइसिसी हल अफ फेम’ को सूचीमा

Image
A A

काठमाडौंं- भारतका पूर्वक्रिकेटर विरेन्द्र सहवाग, भारतीय महिला टिमकी पूर्वकप्तान डायना एडुल्जी र श्रीलंकाका पूर्वक्रिकेटर अरविन्द डिसिल्वा ‘आइसिसी हल अफ फेम’ को सूचीमा सामेल भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सोमबार आफ्नो ‘हल अफ फेम’ को सूची विस्तार गर्दै यो घोषणा गरेको हो।

पछिल्लो घोषणाअनुसार ‘आइसिसी हल अफ फेम’ को सूचीमा सामेल महिला र पुरुष क्रिकेटरको संख्या बढेर ११२ पुगेको छ।

सहवागले १०४ टेस्टमा ८ हजार ५८६ रन, २५१ एकदिवसीयमा ८ हजार २७३ रन १९ टि–२० मा ३९४ रन बनाएका छन्।

उनले टेस्टमा ४० र एकदिवसीयमा ९६ विकेट पनि लिएका छन्।

त्यस्तै डायना उडुल्जीले २० टेस्टमा ६३ र ३४ एकदिवसीयमा ४६ विकेट लिएका छन्।

अरवन्दि डिसिल्वाले ९३ टेस्टमा ६ हजार ३६१ र ३०८ एकदिवसीयमा ९ हजार २८४ रन बनाएका छन्।

सहवाग र डायना सामेल भएसँगै यो सूचीमा भारतीय क्रिकेटरको संख्या ९ भएको छ।

डायना यो सूचीमा सोमल हुने अहिलेसम्मकै एकमात्र महिला खेलाडी हुन्।

यो सूचीमा भारतका सुनिल गावास्कर, राहुल द्रविड, सचिन तेन्दुलकर, वीरेन्द्र सहवाग, कपिल देव, वीनु मान्कड, विशनसिंह बेदी, अनिल कुम्बले र डायना छन्।

यो सूचीमा सबैभन्दा बढी इंग्ल्यान्डका ३२ जना छन् भने अस्ट्रेलियाका २९ र वेस्टइन्डिजका २१ खेलाडी रहेका छन्।

त्यस्तै पाकिस्तानका ७, दक्षिण अफ्रिकाका ६, श्रीलंकाका ४, न्युजिल्यान्डका ३ र जिम्मबाबेका एक खेलाडी ‘आइसिसी हल अफ फेम’ मा सामेल छन्। 

 

Tags: