post-slider post-slider

नवनियुक्त राजदूतहरूले लिए सपथ

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

नवनियुक्त राजदूतहरूले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको पद तथा पोपनीयताको सपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सपथ ग्रहण गर्नुहुनेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी छन्।

Tags: