post-slider post-slider

दलहरूप्रतिको आलोचनालाई सकारात्मक रूपमा लिएको छु : देउवा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरूप्रति आइरहेको आलोचना र टिप्पणीलाई आफूले सकारात्मक रूपमा लिएको बताएका छन्।

बडा दसैं, नेपाल संवत् र छठ पर्वका अवसरमा कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘कांग्रेस लोकतान्त्रिक पार्टी हो। दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सरकारात्मक लिएको छु,’ देउवाले भने।

जनताका बीचमा लोकप्रियता हासिल गर्न राजनीतिक दलहरूले राम्रोसँग काम गर्न आवश्यक रहेको उनको भनाइ छ।

देउवाले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे।

‘राजनीतिक दलहरूले लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्न जरूरी छ,’ उनले भने,‘राजनीतिक दलहरूप्रति जनताको आशा र भरोसा उत्तिकै छ। राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन।’

देउवाले पार्टीभित्र नेताहरूको फरकमत देखिएको स्वीकार गरे। पार्टीभित्र फरकमत रहे पनि बेमेल भने नरहेको उनको भनाइ छ।

‘पार्टीभित्र बेमेल छैन। दलभित्र फरकमत हुनसक्लान, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौं,’ देउवाले भने।

 

Tags: