post-slider post-slider

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

असार २७ गते बस्ने गरी कांग्रेसले केन्द्रीय समितिको बेठक बोलाएको हो।

कांग्रेसको केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो।

अघिल्लो बैठक गत वर्ष असार २७ देखि साउन २ गतेसम्म बसेको थियो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले बताएका छन्।

कांग्रेस विधानमा प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ।

तर, सभापति शेरबहादुर देउवा विधानको यो व्यवस्थाबमोजिम केन्द्रीय समितिको बैठक बोलाएका छैनन्।

केही दिनअघि केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बोलाउन पार्टी कार्यालयमा निवेदन नै दर्ता गराएका थिए।

संस्थापनइतरले केन्द्रीय समिति बैठक बोलाउन निरन्तर दबाब दिइरहेका थिए।

 

Tags: