post-slider post-slider

बजेट बहुमतले पारित

Image
A A

काठमाडौं - आगामी आर्थिक वर्ष २०८० / ८१ को बजेट बहुमतबाट पारित भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो।

विनियोजन विधेयक २०८० को पक्षमा  १४७ र विपक्षमा  १०८ मत खसेको थियो।

प्रतिनिधिसभा बैठकमा   २५५  सांसद उपस्थित रहेका थिए। 

बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक निर्णयार्थ पेस गरेका थिए।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बजेटको पक्षमा मतदान गरेका छन्।

प्रमुख विपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले बजेटको पक्षमा मतदान गरे।

सरकारलाई समर्थन गरेको जनमत पार्टीका सांसदहरूले पनि बजेटको विपक्षमा मतदान गरेका छन्।

बुधबार बिहान बसेको जनमत पार्टीको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

१५ जेठमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट प्रस्तुत गरेका थिए।

महतले प्रस्तुत गरेको बजेटमाथि सत्तारुढ दल एकीकृत समाजवादी र जसपाले नै विरोध जनाएको थियो।

एकीकृत समाजवादी र जसपाले संशोधनविना बजेट पारित हुन नदिने अडान लिएको थियो। तर, अन्तिम समयमा दुवै दलले बजेटको पक्षमा मतदान गर्ने निर्णय ग¥यो।

सत्तारुढ दलहरूले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई विह्प जारी गरेको थियो।

 

Tags: