post-slider post-slider

चन्द्रमामा जापानी अन्तरिक्षयानको सफल अवतरण

Image
A A

काठमाडौं- एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्व अवतरण गरेको छ।

तर, त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै यो मिसनले केही घन्टामात्र काम गर्न सक्ने देखिएको छ।

द स्मार्ट ल्यान्डर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्य रोखा नजिकैको खाडल ‘क्रेटर’ मा नियन्त्रित रूपमा अवतरण गरेको हो।

यस सफलतासँगै एसियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौं देश बनेको छ।

यसअघि अमेरिका, तत्कालीन सोभियत संघ, चीन र भारत चन्द्रमामा पुगेका छन्।

यद्यपि इन्जिनियरहरू अझै यो मिसनलाई जोगाउन लागि परेका छन्।

अझै कारण थाहा नभए पनि यो यानमा रहेका सौर्य ब्याट्रीले ऊर्जा उत्पादन गर्ने छैनन्।

जसका कारण स्लिम पूर्णत:  उसका ब्याट्रीमा भर पर्नेछ र ती बिस्तारै ‘डिस्चार्ज’ हुनेछन्।

त्यसो भएपछि अन्तरिक्ष यानले काम गर्नेछैन।

त्यसले कमान्डहरू लिनेछैन र पृथ्वीसँग सम्पर्कमा रहन सक्नेछैन।

इन्जिनियरहरूले अहिले प्राथमिकता निर्धारण गर्दै आफ्ना कामहरू गरिरहेका छन्।

उनीहरूले लुनार ल्यान्डरबाट ब्याट्री सकिनुअघि सक्दो धेरै डेटा हात पार्ने प्रयास गरिरहेका छन्।

जसक्रममा उनीहरूले हिटरहरू बन्द गरेका छन्। त्यसले खिचेका तस्बिरहरू समेत निकाल्ने काम गरिरहेका छन्।

उनीहरूले निकालिरहेको अर्को एक डेटाले अवतरणसम्बन्धी सफ्टवेयरले कसरी काम ग¥यो भन्ने जानकारी दिनेछ।

जापानी अन्तरिक्ष निकायका अधिकारीहरूले स्लिम निष्क्रििय अवस्थामा गइहालेमा पनि तत्कालै सबै प्रयास छाडिहाल्ने छैनन्।

उनीहरूका अनुसार चन्द्रमामा प्रकाशको दिशा परिवर्तन हुँदा स्लिम पुनः सक्रिय हुनसक्ने सम्भावना रहन सक्छ।

 

 

Tags: