post-slider post-slider

सुन तस्करी प्रकरण : सहसचिव झलकराम अधिकारीसँग सीआईबीले लियो बयान

Image
A A

काठमाडौ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सिआईबीले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ।

सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएकोमा उनीसँग बयानसमेत लिइएको छ। भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।

अधिकारीले दावासँग सामाजिक सञ्जाल (ह्वाट्सएप)मा कुरा गरेको भेटिएको हो। ब्युरोले सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिएको थियो। सुन प्रकरणमा हालसम्म २६ जना पक्राउ परिसकेका छन्।

 

Tags: