post-slider post-slider

साझा भण्डारको जग्गा अनियमितता प्रकरणमा नौ जनाविरुद्ध अख्तियारको मुद्दा

Image
A A

काठमाडौं- काठमाडौंको भोटाहिटीस्थित साझा भण्डार सहकारीको जग्गा बिक्रीमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सहरकारीको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ को क्षेत्रफल ०–२–० र बाँकेस्थित कोहलपुरको क्षेत्रफल ०–२–१७ को जग्गा कम मूल्यमा बिक्री गरी आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारले साझाका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

सहकारी सञ्चालक समितिका सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापालगायतविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले कम मूल्यमा जग्गा बिक्री गरी संस्थालाई चार करोड चार लाख चौबिस हजार एक सय एकासी रुपैयाँ बिस पैसा रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

 

Tags: