post-slider post-slider

भारतबाट फर्किएकामा कोरोना संक्रमण

Image
A A

काठमाडौं- भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिएको छ।

भारतमा नयाँ भेरिएन्ट जे १ देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ।

हालसम्म भारतबाट फर्किएका १० जनामा कोेरोना संक्रमण देखिएको गौरीफान्टा नाकामा रहेको हेल्थ डेस्क प्रमुख गणेश साउदले जानकारी दिएका छन्।

भारतबाट आएकाहरूको परीक्षण गर्दा १० जनामा एन्टिजेन पोजिटिभ देखिएको उनले बताए।

साउदका अनुसार कोरोना संक्रमितलाई घरभित्रै होम आइसोलेसनमा बस्न सुझाव दिइएको छ।

गौरीफान्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सैयौं नेपाली घर फर्किरहेका छन्।

कोरोनाको भेरिएन्ट यकिनका लागि नुमना संकलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए।

कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना संक्रमण पुष्टि नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

 

Tags: