post-slider post-slider

मोहन मैनालीको 'मुकाम रणमैदान' पायो मदन पुरस्कार

Image
A A

काठमाडौं- २०८० को मदन मदन पुरस्कार  वरिष्ठ पत्रकार मोहन मैनालीले पाएका छन्।

मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।

२०८० को मदन पुरस्कारका यस अघि पाँच किताब अन्तिम छनौट गरिएको थियो। जसमा भक्त स्याङ्तानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको 'नुन-तेल',  'भावेश भुमरी' र प्रणिता चामलिङको 'भावलिपि', मोहन मैनालीको 'मुकाम रणमैदान' र  रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिन रहेका थिए।

गुठीले मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनौट गरेको थियो।

त्यस्तै, दीक्षितले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा-श्री पुरस्कार दिएको जानकारी दिएका छन्।
 

Tags: