post-slider post-slider

आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला

Image
A A

काठमाडौं- दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन्।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो।

दसैंको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ। 

Tags: