post-slider post-slider

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

Image
A A

काठमाडौं- निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै दललाई दर्ताका लागि आह्वान गरेको हो।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगले मंसिर २४ देखि २९ गतेसम्मको सयम दिएको छ।

आयोगले सार्वजनिक गरेको चुनावी कार्यक्रमअनुसार पुस १ गते दलहरूले चुनाव चिह्न पाउने छन्।

यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ। पुस १६ गते चुनावका लागि सातै प्रदेसको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, नेकपा (एकीकृत समाजवादी) का २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधिक सकिँदैछ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रियसभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो।

गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको कार्यकाल आगामी फागुन २० मा सकिन लागेको हो।

राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिनाअगाडि निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ।

 

Tags: