post-slider post-slider

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

Image
A A

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोेनाल्ड लू काठमाडौं आएका छन्।

दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लू शुक्रबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

उनी केही दिनयता दक्षिण एसियाको भ्रमणमा रहेका छन्।

एकदिने नेपाल भ्रमणको क्रममा काठमाडौं आएको लूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

साथै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ।

भेटका क्रममा नेपालमा ऊर्जा र पूर्वाधार विकासमा एमसिसी कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायतका विषयमा कुराकानी हुने बताइएको छ।

साथै उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम छ।

दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रममा छ।

सहायक विदेशमन्त्री लू दक्षिण तथा मध्य एसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमध्येमा पर्छन्। दुई वर्षअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त हुनुअघि उनी दुई मुलुकमा राजदूत भइसकेका छन्।

३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लूसँग नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरिसेकेको अनुभव छ।

 

Tags: