post-slider post-slider

उपप्रधानमन्त्री श्रेष्ठले भने- जनयुद्ध दिवसमा अदालतले बिदा नदिए पनि आज ऐतिहासिक दिन हो

Image
A A

काठमाडौँ । सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरिदिए पनि नेकपा माओवादी केन्द्रले यसलाई धुमधामसाथ मनाएको छ। 

मंगलबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशनअघि माओवादीले जनयुद्ध दिवस मनाएको हो। 

यसैबीच नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक भएको बताए।   

मंगलवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले अदालतको निर्णयलाई पालना गरेर जानु आफूहरूको कर्तव्य भएको बताए। श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रुपमा मनाउने स्थिति आउन सक्ने बताए। 

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेर जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो।

Tags: