post-slider post-slider

अध्ययन र भ्रमणमा बिदेसियो एक खर्ब बढी रुपैयाँ

Image
A A

काठमाडौं- अध्ययन र भ्रमणका लागि पाँच महिनामा मुलुकबाट १ खर्ब २३ अर्ब रुपैयाँ बिदेसिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा यो बराबरको रकम बाहिरिएको हो।

अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको सोही अवधिमा ८४ अर्ब रुपैयाँ बाहिरिएको थियो।

यस हिसाबले गत वर्षको तुलनामा यस वर्षको पाँच महिनामा अध्ययन र भ्रमणका लागि मात्र थप ३९ अर्ब रुपैयाँ बाहिरिएको छ।

श्रम तथा अध्ययनका लागि बिदेसिनेको संख्या बढ्दा यसबापत बाहिरिने रकम पनि बढ्न थालेको तथ्यांकले पुष्टि गर्छ।

साउनदेखि मंसिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको छ।

गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो।

यस वर्ष समीक्षा अवधिमा ४७ अर्ब ३४ करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको छ भने गत वर्ष सोही अवधिमा २८ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।


अध्ययन र भ्रमणका लागि नेपालबाट पाँच महिनामा बाहिरिएको कुल रकम नेपालले वस्तु निर्यातबाट गरेको कुल आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो।
यस अवधिमा नेपालले ६२ अर्ब रुपैयाँको मात्र निर्यात गरेको थियो। त्यस्तै विदेशीले नेपालमा भ्रमणबापत गर्ने खर्चको तुलनामा भ्रमणबापत बाहिरिने रकम दोब्बरभन्दा बढी देखिएको छ।
पाँच महिनामा नेपालले भ्रमणबापत बाहिरिने रकमको तुलनामा करिब ४२ अर्ब रुपैयाँले कम हो।

 

Tags: