post-slider post-slider

जयसवालको शतकीय इनिङ, भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

Image
A A

काठमाडौं- एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फको पहिलो क्वाटरफाइनल खेलमा भारतले नेपालसामू २०२   रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले  निर्धारित २० ओभरमा  ४ विकेट गुमाएर १९९ रन बनाएको हो।

भारतका तर्फबाट ब्याटिङ गर्दै ओपनर यशस्वी जयसवालले सर्वाधिक    १०० रन जोडे। उनले ४८ बल खेलेर १०० रन बनाए। जयशवालले आफ्नो शतकीय इनिङमा ८    चौका र ७ छक्का प्रहार गरे।

उनलाई दीपेन्द्रसिंह ऐरीले अविनाश बोहराको हातबाट क्याच गराएर आउट गरे।

त्यस्तै कप्तान ऋतुराजय गयकवाड २३ बल खेलेर २५ रन बनाए।

गयकवाडलाई दीपेन्द्रसिंह ऐरीले रोहित पौडेलको हातबाट क्याच गराएर आउट गरेका थिए।

भारतको दोस्रो विकेटका रूपमा तिलक वर्मा र तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भए। वर्माले २ र शर्माले ५ रन जोडे।

वर्मालाई सोमपाल कामीले बोल्ड गर्दा शर्मालाई सन्दीप लामिछानेले क्याच आउट गरे।

त्यस्तै भारतका तर्फबाट ब्याटिङ गर्दै रिन्कु सिंहले  १४ बल खेलेर ३५ रन जोडे। उनले २ चौका र ४  छक्का प्रहार गरेका थिए।

यस्तै शिवम दुब्बेले  १९ बल खेलेर २५ रन बनाए। उनले चौका २ र १ छक्का प्रहार गरेका थिए।

एकदिवसीय विश्वकपको आयोजना गरेको भारतले एसियाडमा गायकवाडको नेतृत्वमा दोस्रा टिम पठाएको छ।

चीनमा जारी एसियन खेलकुदअन्तर्गत नेपाली टोली मंगोलिया र मालदिभ्सलाई पराजित गरेर क्वार्टर फाइनलमा पुगेको हो। सोमबार भएको ‘लक्की ड्र’ मा क्वार्टर फाइनलमा नेपालले भारतलाई प्रतिद्वन्द्वी पाएको थियो।

 

Tags: