post-slider post-slider

इजरायल–हमास युद्ध : गाजामा १० लाख मानिस विस्थापित

Image
A A

काठमाडौं- गाजामा जारी युद्धमा १० लाख मानिस विस्थापित भएको अनुमान गरिएको छ।

इजरायल र हमासबीच जारी युद्धका क्रममा गाजामा १० लाख बढी मानिस विस्थापित भएको अनुमान गरिएको हो।

संयुक्त राष्ट्रसंघीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा १० लाख मानिस विस्थापित भएको जनाएको छ।

युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले यस्तो जानकारी दिएका हुन्।

‘गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन्,’ टौमाले एएफपीसँग भनिन्।

प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग पु¥याउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूका अनुसार मानिसहरू घर छाडेर हिँड्ने क्रम जारी रहेकाले यो संख्या अझ बढी हुने सम्भावना छ।

गत ७ अक्टोबरमा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकु समूह हमासले आक्रमण गरेपछि १३ सय बढी मानिसको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासलाई निशाना बनाएर आक्रमण गर्दै आएको छ।

इजरायली आक्रमणमा गाजामा हमासका नेता, लडाकु र उनीहरू लुकेका स्थानलाई लक्षित गरी गरिएको हवाइ आक्रमणमा परी २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

अहिलेसम्म हवाइ आक्रमण गरिरहेको इजरायलले पछिल्लो समय स्थल आक्रमणको तयारीसमेत गरेको छ।

उसले गाजापट्टीका सर्वसाधारणहरूलाई सक्दो चाँडो सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सबै तयारी पूरा गरिसकेको इजरायलले जुनसुकै बेला गाजापट्टीमा स्थल आक्रमण सुरू गर्न सक्नेछ।

 

 

Tags: