मिटरब्यासम्बन्धी विधेयक आजै पारित गर्ने तयारी
काठमाडौं- प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आइतबार नै पारित हुने भएको छ।
कार्यव्यवस्था समितिको बैठकमा मिटरब्जायसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच सहमति भएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक पदम गिरीले मिटरब्याससम्बन्धी विधेयकलाई पारित गर्ने सहमति भएको बताए।
‘सांसदहरूले राखेको संशोधनबारे सहमति भएको छ। संशोधनहरूलाई एकीकृत गरी साझा दस्तावेज बनाएका छौं।त्यसलाई संसदबाट पारित गर्ने सहमति भएको छ,’ उनले भने।
मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गर्न सरकारले अध्यादेश ल्याएको थियो। अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक २० असारमा पारित गर्नुपर्नेमा संसद अवरोधका कारण संसदले काम गर्न सकेको थिएन।
त्यसपछि अध्यादेश स्वतः निष्क्रिय भएको थियो।
सरकारले मिटरब्याजसम्बन्धी कानुन निर्माण गर्न विधेयक ल्याएको हो।
प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।
त्यसअघि संशोधनहरूमाथि दफावार छलफल हुनेछ।
प्रतिनिधिसभा बैठक १ बजे नै बोलाइए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकका कारण सुरू हुन ढिलाइ भएको छ।