post-slider post-slider

कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

Image
A A

काठमाडौं- जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुनामा राख्न आदेश दिएको छ।

नागरिकता सम्बन्धी कसुरमा सिरोहियालाई मंगलबार अदालतले प्रहरीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो।

न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको तहसिलदार पुष्पराज तिमल्सिनाले बताए।

सोमबार कान्तिपुर मिडिया ग्रुपबाटै सिरोहियालाई पक्राउ गरी प्रहरीले मंगलबार जिल्ला अदालत धनुषामा पुर्‍याएको थियो।

सिरोहिया पक्राउको चौतर्फी विरोध भइरहेको छ। गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत रिसिइबी राखेर सिरोहियालाई पक्राउ गरेको आरोप लागिरहेको छ।  

Tags: