post-slider post-slider

मोबाइल चोर्न जाँदा आमा र दुई छोरामाथि चक्कु प्रहार

Image
A A

काठमाडौं- भदौ ४ गते बझाङमा एकै परिवारका तीन जनामाथि चक्कु प्रहार भयो। चक्कु प्रहारबाट आमा र दुई छोरा घाइते भए। 

राति घरमा पसेर अज्ञात व्यक्तिले चक्कु प्रहार गरेपछि अमानवीयतापूर्ण घटना भन्दै चौतर्फी विरोध भयो। त्यसपछि घटनाका दोषिलाई पत्ता लगाउन प्रहरीले सक्रियता बढायो। र, एक पुरुषलाई प्रहरी पक्राउ गर्नसमेत सफल भएको छ।

पक्राउ पर्नेमा कैलालीको कैलाली गाउँपालिका–१ का स्यानु चौधरी रहेका छन्। सुर्मा गाउँपालिका–३ चैनपुरमा भाडामा बस्दै आएका कमल विकको श्रीमती र दुई छोरामाथि गत भदौ ४ गते मध्यरातमा चक्कु प्रहार भएको हो।

कमल विक त्यतिबेला काठमाडौंमा थिए। उनी नभएको बेला उनको परिवारमाथि मध्यरातमा तरकारी काट्ने चक्कु प्रहार भएको थियो। परिवारका तिनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

स्यानु चौधरी घर जाने तयारीमा थिए, तर उनीसँगै ६ महिना काम गर्दा पनि पर्‍याप्त रकम थिएन । पैसा नभएको रन्कोमा उनी करिब १२ बजे राति कमल विकको कोठामा मोबाइलमा आँखा पर्‍यो । त्यहाँ उज्यालोमा मोबाइल देखेपछि चोर्न पुगे, कसैले उनलाई थाहा पाएजस्तो लागेर तरकारी काट्ने चक्कुले दुई बालक एक महिलालाई प्रहार गरे र त्यहाँबाट भागे। उनले घटनाको यस्तो वास्तविकता प्रहरीलाई बताएका हुन्।

प्रहरीको अनुसार ६ महिनाको कमाई चौधरीसँग कुल ५ हजार रुपैयाँ मात्र थियो,उनीसँग भएको रकम भन्दा बढी कसैलाई तिर्न रहेछ, मोबाइल चोरेर भए पनि केही पैसा कमाउन सकिने देखेर उनी सो घरभित्र पसेका रहेछन्।

चौधरी ६ गते नै कैलाली हिँडिसकेका थिए। कैलालीबाटै उनी पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Tags: