post-slider post-slider

मुलुकलाई एकता र सद्भाव आवश्यक छ : नेता कार्की

Image
A A

सुनसरी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा एकता र सद्भाव आवश्यक रहेको बताएका छन्।

नेपाल मुस्लिम संघ सुनसरीको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री कार्कीले एकता र सद्भावबाट विकास तथा निर्माण गर्न सहज हुने बताए।

मुलुकमा सबै जातजाति, भाषाभाषी, संस्कृति, साम्प्रदायिक विकास भएमात्र दिगो शान्ति र विकास हुन सक्ने उहाँले त्यसतर्फ सबै अग्रसर हुन आवश्यक रहेको उनको भनाइ छ।

नेपाली कांग्रेस र लोकतन्त्रको भविष्य रहेकोले सुन्दर नेपाल निर्माण गर्नका लागि आन्तरिक र राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा जोड दिँदै उनले मुलुकको स्थिरता दिनका लागि समृद्धि, विकास र निर्माणको गति दिनुपर्नेमा जोड दिए।

पूर्वमन्त्री कार्कीले विभिन्न आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै भावनात्मक एकताले सबैलाई जोड्ने काम गर्नुपर्ने बताए।

Tags: