post-slider post-slider

मेधस प्रदेस : अर्थमन्त्रीले गरेको अनियमित रकमान्तर छानबिन गर्न संसदीय समिति गठन

Image
A A

जनकपुरधाम- मधेस प्रदेसका अर्थमन्त्री सञ्जय यादवले असार मसान्तको अन्त्यतिर गरेको बजेट रकमान्तर र स्थानीय तहलाई वितरण गरिएको रकम छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन भएको छ।

सोमबार बसेको प्रदेससभा बैठकले प्रदेससभामा प्रतिनिधित्व गर्ने १० वटै दलबाट एक–एक जना रहने गरी १० सदस्यीय छानबिन समिति गठन गरेको हो।

अर्थमन्त्री यादवले असार मसान्तको अन्त्यमा गरेको बजेट रकमान्तर र स्थानीय तहलाई अनुदान रकम वितरण गर्दा अनियमितता भएको प्रदेस सांसदहरूले आरोप लगाएका छन्।

प्रदेससभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले रकमान्तर र पालिकालाई बाँडिएको अनुदान रकमबारे छानबिन गर्न समिति गठन गरिने बताएका थिए।

प्रदेससभा बैठक सुरू भएलगत्तै उनले रकमान्तर र पालिकालाई दिइएको अनुदान रकमबारे बोलेका थिए।

उनले भने, ‘छानबिन समिति गठन गरेर रकामान्तर र अनुदान रकममा सांसदहरूको असन्तुष्टि सम्बोधन गरिनेछ। तर, मेरो पालामा भ्रष्टाचार हुन्न र गर्न दिन्नँ। यो मेरो वाचा हो।’

अर्थमन्त्री यादवले असारको अन्त्यतिर करिब ४५ करोड रूपैयाँ रकमान्तर गरेर आफ्नो क्षेत्रमा योजना र बजेट थुपारेका थिए।

प्रदेस सांसदहरूले रकमान्तर रकममा बदमासी भएको भन्दै प्रदेससभा बैठक लगातर अवरूद्ध गरेपछि मुख्यमन्त्रीले छानबिन समिति गर्ने निष्कर्षमा पुगेका हुन्।

 

Tags: