post-slider post-slider

मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त, सवार सबै विदेशी नागरिक रहेको पुष्टि

Image
A A

काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। केही बेरअघि सम्पर्कविहीन हेलिकोप्टर लिखुपिके गाउँपालिका-५, भकान्जेस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले चौरी गोठालाहरूले चिहानडाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेको बताइन्। हेलिकोप्टरमा पाइलट सहित ६ जना सवार छन्।

मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले उद्धारको लागि ‘हाई अल्टिच्यूड हेली’ पठाएको बताएका छन्।

हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ। हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका न्यौपानेले बताए।

नाइन एनएएमभी कलसाइनको हेलिकोप्टर बिहान १०:०५ मा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको थियो।

Tags: