post-slider post-slider

आइसिसी विश्वकप छनोट प्रतियोगिता : नेपाल र जिम्बाबे भिड्दै

Image
A A

काठमाडौं- आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आइतबार नेपाल र जिम्माबेबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

यसअघि नेपालले सन् २०१८ मा पनि जिम्बाबेमै भएको विश्वकप छनोटमा जिम्मबाबेसँग खेलेको थियो। तर, त्यो नेपालले एकदिवसीय मान्यता नपाएकोले उक्त खेलले पनि एकदिवसीयको मान्यता पाएन।

अब भने विश्वकप छनोट खेल्ने सबै १० टोलीसँग एकदिवसीय मान्यता छ।

जिम्मबाबेमा हुन लागेको विश्वपक छनोट प्रतियोगिताअन्तर्गत नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेस्टइन्डिज र २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ। 

समूका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

यसपटक टेस्ट मान्यताप्राप्त जिम्बाबे र बेस्टइन्डिजलगायतका टिमसँग प्रतिस्पर्धा गर्ने भएकाले नेपालका लागि यो राम्रो अनुभव हुनेछ। 

नेपालले समूह चरणमा घरेलु टोली जिम्बाबेसहित पूर्वविश्वकप विजेता वेस्टइन्डिजसँग पनि पहिलोपटक खेल्दैछ।

 

Tags: