post-slider post-slider

इरानले ट्रम्पको हत्या प्रयास गरेको खुलासा

Image
A A

काठमाडौं - राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबिआइले बिफल पारेको खुलासा भएको छ। यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो।

फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबिआई)ले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का सहयोगी फरहाद शाकेरी (५१), कार्लिस्ले रिभेरा (४९) र जोनाथन लोडहोल्ट (३६) विरुद्ध मुद्दा दायर गरेको छ।

म्यानहट्टन संघीय अदालतमा दायर गरिएको आपराधिक उजुरीमा सेप्टेम्बरमा, इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका एक अधिकारीले भाडामा लिएका हत्यारा, फर्जाद शाकेरीलाई ट्रम्पमाथि नजर राख्न र अवसरमा उनलाई मार्न निर्देशन दिएका थिए।

यसका लागि उनलाई पाँच लाख डलर अफर गरिएको थियो। उजुरीमा भनिएको छ, 'अफिसरलाई राष्ट्रपति चुनावसम्म पर्खने र ट्रम्प चुनाव हारेमा उनलाई मार्न सजिलो हुने निर्देशन दिइएको थियो।'

रिभोलुसनरी गार्डका एक अधिकारीले सात दिनभित्र हत्या गर्न निर्देशन दिएका थिए। तर यो षड्यन्त्र पूरा हुन सकेन।

यसमा एक इरानी र दुई अमेरिकी नागरिकको संलग्नता रहेको बताइएको छ। दुवै अमेरिकी नागरिकलाई न्यूयोर्कबाट पक्राउ गरिएको बताइएको छ।

सेप्टेम्बरमा, अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्पलाई मार्ने इरानी षड्यन्त्रको संदिग्ध रिपोर्ट गरेका थिए। 

ट्रम्पमाथि जुलाई १३ मा पेन्सिलभेनियाको बटलर सहरमा चुनावी र्‍यालीमा गोली हानिएको थियो। जसमा उनको कानमा गोली लागेको थियो। यस घटनाको ६४ दिनपछि फेरि उनको फ्लोरिडामा हत्या प्रयास गरिएको थियो।

Tags: