post-slider post-slider

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

Image
A A

काठमाडौं- मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्न लागेको हो।

उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद बैठक बस्न लागेको बताइएको छ। बैठक बिहान १० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ।

सम्मानका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परामर्शमा रहेको र मन्त्रिपरिषद बैठक बोलाएर निर्णय लिइने नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी सरकारले गरेको छ।

नेता नेम्वाङको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। सरकारले दिने सम्मानका बारे टुंगो लागेपछि त्यहाँबाट उनको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासलमा राखिनेछ।

 

 

Tags: