post-slider post-slider

तीन करोड बढीको सामान बोकेका ट्रक बारा प्रहरीको नियन्त्रणमा

Image
A A

काठमाडौं, फागुन ६ - प्रहरीले बाराबाट करिब तीन करोड बढी बराबरको सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट दुई वटा र पथलैया चोकबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीले शुक्रबार राति ११ बजे ना७ख १६५२ नम्बरको ट्रक र ना८ख ४१६५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।

ट्रकमा चाबीमा प्रयोग हुने प्याड लक र कस्मेटिक सामान थिए। एउटा ट्रकमा दुई करोड ५० लाख ६३ हजार १२२ रुपैयाँ र अर्को ट्रकमा ३३ लाख २६ हजार ८६७ रुपैयाँ बराबरको सामान भेटिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

ती ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान फेला परेको थियो।

यस्तै, प्रहरीले बिहीबार पथलैया चोकबाट अर्को ट्रक नियन्त्रणमा लिएको छ।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना८ख ७२४४ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।

राति करिब १२ बजे प्रहरीले करिब ७७ लाख ६ हजार २६४ रुपैयाँ बराबरको खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।

ट्रकमा बिल बिजकभन्दा बढी स्रोत नखुलेको सामान फेला परेको न्यौपानेले बताए।

तीन वटै ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।

Tags: