post-slider post-slider

घट्यो इन्धनको मूल्य

Image
A A

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

समायोजन गरिएको मूल्यअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ पर्नेछ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ भएको छ।

विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लामा पेट्रोलको मूल्य प्रलिटर १६७.५ रूपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५ रूपैयाँ पर्नेछ।

सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रूपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १४ रूपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रूपैयाँले घटेको छ।

विगत केही महिनादेखि निगमलाई नाफा भइरहे पनि मूल्य नघटाएकोमा चर्को आलोचना भइरहेको थियो।

 

Tags: