post-slider post-slider

चन्द्रयान–३ अवतरण गराएर इतिहास रच्ने प्रयासमा भारत

Image
A A

काठमाडौं- भारतीय अन्तरिक्ष एजेन्सी इसरो बुधबार इतिहास रच्ने तयारीमा रहेको छ।

चन्द्रयान–३ चन्द्रमाको त्यो दक्षिणी ध्रुवको सतहमा अवतरण गर्न लागेको छ, जहाँ यसअघि विश्वको कुनै पनि देश उपग्रह अवतरण गराउन सफल हुनसकेको छैन।

१४ जुलाईका दिन दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान–३ आफ्नो ४० दिन लामो यात्रापछि बुधबार साँझ भारतीय समयअनुसार ६ बजेर ४ सेकेन्डमा चन्द्रमाको दक्षिणी ध्रुवनजिक ७० डिग्री अक्षांसमा अवतरणका लागि कोसिस गर्नेछ।

चन्द्रयान–२ को ल्यान्डिङका क्रममा भएको प्राविधिक त्रुटीहरूलाई ध्यानमा राखेर यसपालि चन्द्रयान–३ लाई थप कुसल बनाइएको इसरोले बताएको छ।

चन्द्रयान–३ मा जडान भएको लैन्डर मोड्युलले चन्द्रमाको दक्षिणी ध्रुवनजिक करिब ४ किलोमिटर लामो र २.४ किलोमिटर चौडाइ भएको एक उपयुक्त क्षेत्रको पहिचान गरेको र त्यहीँ अवतरण गराइने इसरोको भनाइ छ।

चन्द्रयान–३ मा जडीत लैन्डर र रोवर्सको मदतले चन्द्रमाको सहतमा सोध गर्ने इसरोको प्रमुख उद्देश्य रहेको छ।

यसअघि चन्द्रयान–२ मा अर्बिटरसँगै इसरोले मोड्युलको हिस्साको रूपमा लैन्डर विक्रम र रोवर प्रज्ञान पठाएको थियो।

चन्द्रयान–२ को लैन्डर चन्द्रमामा दुर्घटनाग्रस्त भए पनि अर्बिटर करिब चार वर्षदेखि चन्द्रमाको परिक्रमा गरिरहेको छ।

त्यसैले यसपालि इसरोले चन्द्रयान–३ मा केबल लैन्डर र रोवरमात्र पठाएको छ। अर्थात चन्द्रयान–३ को लैन्डर चन्द्रयान–२ सँग लन्च गरिएको अर्बिटरसँग संवाद स्थापित गर्नेछ।

चन्द्रयान–३ का लैन्डर, रोवर र प्रोपल्सन मोड्युल सञ्चालन गर्न र पृथ्वीको अन्तरिक्ष नेटवर्कसम्म सूचना प्रसारित गर्न विद्युतको आवश्यक्ता हुन्छ।

यस्तो विद्युत सोलार प्यानलबाट आउने हुन्छ। त्यसैले इसरोले लैन्डर मोड्युललाई ठीक सूर्योदयको समयमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने कोसिस गरिरहेको छ।

पृथ्वीको १४ दिन बराबर चन्द्रमामा दिनको समय हुन्छ। र, त्यसको १४ दिनपछि रातिको समय हुन्छ।

चन्द्रमाको सतहमा सूर्यको प्रकाश भएको बेला लैन्डर र रोवर्सले सौर्य ऊर्जा प्राप्त गर्नेछ।

चन्द्रमाको सतहमा दिउँसो १८० डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्छ भने राति यो शून्यदेखि १२० डिग्रीभन्दा कम हुन्छ।

 

Tags: