शनिबार एमाले सचिवालय बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं- नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ।
महासचिव शंकर पोखरेलको नेतृत्वमाआज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ।
यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्डाका रूपमा रहेका छन्।
एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ।